अर्थ

दोहोरो अङ्कले घट्यो नेप्से

शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार दोहोरो अङ्कले घटेको छ ।

नेप्से आज ३२ दशमलव २९ अङ्कले घटेर दुई हजार सात सय ३३ दशमलव १४ विन्दुमा झरेको हो । अन्यबाहेक सबै समूहको शेयर घट्दा होटल, विकास बैंक, उत्पादन, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २७ कम्पनीका ७४ लाख ४८ हजार कित्ता शेयर चार अर्ब १६ करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल टेलिकमको ४१ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यस्तै, आईसीएफसी फाइनान्स, नारायणी विकास बैंक र एनआईबीएल प्रगति फन्डको शेयर पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

Comment here