logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पछिल्लो २४ घन्टामा देशभर थपिए ३५१ संक्रमित, ९ जनाको मृत्यु


अंकुरण खबर
1.417K
Shares

पछिल्लो २४ घन्टामा देशभरिमा ३५१ जना कोरोना संक्रमित थपिएका छन्।

८,७२९ जनामा गरिएको पिसिआर परीक्षणबाट ३१३ र १,४४५ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा २५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ८,००,८९० पुगेको छ।

आज कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,५०९ पुगेको छ।

देशभरिमा ७,३०० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ६,८६९ जना होम आइसोलेसनमा र ४३१ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। २२३ जनाको आईसियुमा उपचार भइरहँदा ५१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।