अर्थ

आज पनि घट्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।

आज छापावाला सुन तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्यमा पनि ३० रुपैयाँले गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँ कायम भएको थियो ।

Comment here