स्थानीय

झापाबाट ९ जना जुवाडे पक्राउ

झापाको दमकबाट ९ जना जुवाडे पक्राउ परेका छन् ।

मङ्गलबार दिउँसो दमक ५ बस्ने टेकबहादुर कार्कीको घरको कोठाभित्र जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले छापा मारेर पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा घरधनी दमक ५ का ४६ वर्षिय टेकबहादुर कार्की , सोही ठाउँका ५१ वर्षिय कुशराज खत्री, ५४ वर्षिय सुरेश भण्डारी , ३८ वर्षिय नारायण कडरिया,२९ वर्षिय प्रदिप थापा,४१ वर्षिय सूर्य न्यौपाने, ४८ वर्षिय खगेन्द्र भुजेल, ४० वर्षिय खगेन्द्र राजवंशी र कमल ५ बस्ने ३० वर्षिय सुरेश सुव्वा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले तीन बुङ तास र नगद २९ हजार ७ सय ४५ रुपैयाँसहित जुवाडे पक्राउ गरेको जिल्लाका एसपी सानुराम भट्टराइले जानकारी दिए ।

Comment here