अर्थ

सामान्य अङ्कले बढ्यो शेयर बजार

शेयर बजार परिसूचक नेप्से बुधबार सामान्य बढेको छ ।

नेप्से आज एक दशमलव ८२ अङ्कले बढेर दुई हजार सात सय ३४ दशमलव ९३ विन्दुमा पुगेको हो । आज बैंकिङ, व्यापार र जीवन बीमा समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ ।

होटल समूहको शेयर दुई अङ्कले, विकास बैंक समूहको ४२ दशमलव ८१, जलविद्युतको २३, फाइनान्सको ३५, उत्पादनको २७, अन्यको साढे पाँच र माइक्रोफाइनान्स समूहको शेयर साढे तीन अङ्कले बढेको छ ।

नेप्सेका अनुसार आज दुई सय २७ कम्पनीका ७४ लाख ४५ हजार कित्ता शेयर चार अर्ब २१ करोड ७४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकमको २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस्तै, आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले बढेको छ भने गोर्खाज फाइनान्सको शेयर साढे दुई प्रतिशतले घटेको छ ।

Comment here