logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संयुक्त विद्यार्थी संगठनले इन्धनको मूल्यवृद्धि फिर्ता लिन प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र


अंकुरण खबर
1.144K
Shares

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।

विभिन्न ६ विद्यार्थी संगठनले संयुक्त रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई बुधबार बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्री देउवाले मूल्य वृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएका अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन्।

मूल्य वृद्धिका विषयमा सडकमा विद्यार्थी संगठनले उठाएको मागप्रति सरकार गम्भिर रहेको भन्दै प्रधानमन्त्री देउवाले जायज माग सम्बोधन गरिने बताए ।