अर्थ

सामलिङ पावर कम्पनीको शेयर भोलिदेखि कारोबार हुने

बुधबार नेप्सेमा सामलिङ पावर कम्पनी लिमिटेडको आइपीओ सुचिकृत भएको छ । कम्पनीको ५० लाख कित्ता आइपीअ‍ो सुचिकृत भएको हो ।

अब कम्पनीको शेयर बिहीबार (भोलि) देखि दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज ९८ दशलमव ७७ रुपैयाँ देखि २९५ दशमलव ३१ तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ७ लाख ३० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका लागि निष्कासन गरेको ५ लाख कित्ता र कम्पनीका संस्थापकहरुको ३७ लाख ७० हजार कित्ता गरेर कुल ५० लाख कित्ता साधारण शेयर सुचिकृत गराएको हो । कम्पनीको सिम्बोल एसपिसी रहेको छ ।

मंसिर ८ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनीबीच धितोपत्र सुचिकरण सम्झौता सम्पन्न भएसँगै भोलि बिहीबारबाट कारोबारमा आउनेछ ।

Comment here