अर्थमन्त्री जनार्दन शर्माले राजस्वले चालू खर्च पनि धान्न मुस्किल भएको बेला निजी क्षेत्रले स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बेला भएको बताएका छन् ।
अर्थमन्त्री शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बेला निजी क्षेत्रले स्वार्थ त्यागेर माथि उठ्नु पर्ने बताएका हुन् ।
नेपाल आर्थिक पत्रका संघ (नाफिज)ले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक निजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले निजी क्षेत्रको प्राथमिकता राष्ट्र निर्माण र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने धारणा राखे ।
अर्थमन्त्री शर्माले निजी क्षेत्रको लगानि राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित हुनु पर्ने, केही निजी क्षेत्रका ब्याबसायी आफ्नो स्वार्थमा लागे पनि आम निजी क्षेत्र आर्थिक विकास र राष्ट्र निर्माणमा रहेको बताए ।
अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रसंशायोग्य भएको बताए । उनले अब सरकारसँग मिलेर निजी क्षेत्रले ठूला पुर्वाधार निर्माणमा लगानी गर्न आग्रहसमेत गरे ।