logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानन्यायाधीश जबराविरूद्ध आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास, महाअभियोग लगाउन माग


अंकुरण खबर
1.482K
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदमुक्त गर्न माग गर्दै नेपाल बार एसोसिएसन, बृहत् नागरिक आन्दोलनसहित विभिन्न पेशागत संघसंस्थाले आज राजधानी काठमाडौंमा संयुक्त मार्चपास गर्ने भएका छन्।

नेपाल बार एसोसिएन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल ईन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, नेपाल आदिवासी जनजाति महासंघ र बृहत नागरिक आन्दोलनले प्रधानन्यायाधीश राणाविरुद्ध सिंहदरबारदेखि बालुवाटारसम्म संयुक्त रूपमा ‘न्याय मार्च’ गर्न लागका हुन्।

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गर्दै सर्वोच्च अदालतको गेटबाट बिहीबार दिउँसो २ बजे सुरू हुने न्याय मार्चपास वालुवाटार पुगेर सकिनेछ।

यसैबीच मार्चमा सहभागी हुन उनीहरूले आम नागरिकलाई संयुक्त रुपमा अपिलसमेत गरेका छन्। सरकारसँग भागबण्डा खोजेको भन्दै उनको राजीनामा माग भइरहेको हो।