logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चको फुलकोर्ट बस्दै, गोला प्रणालीको मिति तय हुने


अंकुरण खबर
767
Shares

सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात् फुलकोर्ट आज बिहीबार बस्दैछ। बैठकले इजलास तोक्न गोला प्रणाली लागू गर्ने मिति तय गर्नेछ।

यसअघिको पूर्ण बैठकले गोलाप्रथाबाट इजलास तोक्न सर्वोच्च अदालत नियमावलीमा संशोधन गरेर गोलाप्रथाको कार्यविधि पारित गरेको थियो। उक्त नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ।

अब गोला प्रणाली लागू हुने मिति आजको पूर्ण बैठकले तय गर्नेछ।

आजको बैठक पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिना नै बस्न लागेको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडा बिदामा रहेकाले बाँकी १८ न्यायाधीशको बैठक बस्नेछ।