Breaking Newsराजनीति

एमाले महाधिवेशन उद्घाटनमा माओवादी अध्यक्ष प्रचण्ड नजाने

सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार चितवनमा उद्घाटन हुने प्रमुख प्रतिपक्षी नेकपा एमालेको महाधिवेशनको उद्घाटनमा सहभागी नहुने भएका छन्।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अन्तै पूर्वनिर्धारित कार्यक्रम भएकाले प्रचण्ड शुक्रबार चितवन जान नसक्ने बताएका हुन्।

‘भोलि प्रचण्ड कमरेड र मेरो अन्तै कार्यक्रम छ। पूर्वनिर्धारित कार्यक्रम भएकाले हामी जान पाउँदैनौं,’ श्रेष्ठले भने, ‘पार्टीको प्रतिनिधि बनेर कोही नेता जानुहुन्छ होला अहिले टुंगो भइसकेको छैन।’

प्रचण्डको सचिवालयका अनुसार प्रचण्ड भोलि काभ्रेका दुई कार्यक्रममा सहभागी हुँदैछन्।

 

Comment here