समाचार

कैलालीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, ट्रकमा स्थानीयले गरे आगजनी र तोडफोड

कैलालीमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत भएको छ।

टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको छ।

बिहीबार दिउँसो पूर्व-पश्चिम राजर्माग अन्तर्गत लम्कीमा ना २ ख ९३७० नम्बरको ट्रकले ती महिलालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमाथि आगजनी र तोडफोड गरेका छन्।

स्थानीयले राजमार्गमा प्रदर्शन गर्दै आगजनी गर्न थालेपछि प्रहरीले आधा दजर्न बढी सेल अश्रुग्यास प्रहार गरेको छ। लम्की बजार पनि बन्द गरिएको छ।

Comment here