अर्थ

शेयर बजार सामान्य घट्यो

कारोबार हुने हप्ताको अन्तिम दिन आज बिहीबार शेयर बजार सामान्य घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २२ अङ्कले घटेर दुई हजार सात सय ३१ दशमलव ७८ विन्दुमा झरेको हो ।

आज बैंकिङ, होटल र अन्यबाहेक सबै समूहको शेयर घटेको छ । आज विकास बैंक, बीमा, व्यापार र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार आज दुई सय ३३ कम्पनीका ७४ लाख ८६ हजार कित्ता शेयर तीन अर्ब ७८ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको २६ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यस्तै, आज मानुषी लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै सात प्रतिशतले घटेको छ । बजार घटेपनि समृद्धि फाइनान्सको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Comment here