logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा देशभर थपिए ३०८ संक्रमित, तीन जनाको मृत्यु


अंकुरण खबर
1.274K
Shares

पछिल्लो २४ घन्टामा देशभरिमा ३०८ जना कोरोना संक्रमित थपिएका छन्।

७,१०४ जनामा गरिएको पिसिआर परीक्षणबाट २८१ र १,८०५ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा २९८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ८,०१,४२० पुगेको छ।

कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,५१६ पुगेको छ।

यस्तै, हाल देशभरिमा ७,३४९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।