logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेलायतले नेपालबाट १० हजार नर्स लैजाने, वार्षिक तलब ७६ लाख


अंकुरण खबर
1.651K
Shares

बेलायतले नेपालबाट १० हजार नर्सको माग गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमका अनुसार बेलायत सरकारले १० हजार नर्सको माग गरेका छन्। जस अन्तर्गत पहिलो चरणमा नेपालबाट २ सय नर्स बेलायत जानेछन्।

बेलायत सरकारले विभिन्न देशबाट १ लाख नर्स लैजाने योजना अघि सारेको छ। जसअन्तर्गत नेपालबाट पनि १० हजार नर्स लैजाने भएको हो।

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार हाल बेलायतमा नेपाली नर्स पठाउने विषयमा अध्ययन गर्न सुरु भइसकेको छ।

मन्त्रालयले जीटुजीमार्फत् नर्स पठाउने तयारी गरेको हो। बेलायत सरकारले पठाएको चिठीमा नर्सलाई शून्य लागतमा लैजाने भनिएको पनि प्रवक्ता घिमिरेले बताए।

बेलायत सरकारले हाल अनौपचारिक कुराकानीमा नेपाली नर्सलाई वार्षिक ४८ हजार पाउन्ड दिने बताएका छन्। यो भनेको वार्षिक नेपाली ७३ लाख रुपैयाँ हो।