logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गेष्टहाउसमा १४ बर्षीया बालिकामाथि जर्बजस्ती करणी गर्ने एक जना कोटेश्वरबाट पक्राउ


अंकुरण खबर
2.353K
Shares

काठमाडौंको कोटेश्वर स्थित एक गेष्ट हाउसमा १४ बर्षीया बालिकामाथि जर्बजस्ती करणी गर्न खोज्ने युवक पकाउ परेका छन।

पक्राउ पर्नेमा कञ्चनपुर घर भई हाल ललितपुरको लेले बस्दै आएका ३६ बर्षीय गोबिन्द सिंह बिष्ट रहेका हुन। १४ बर्षिया बालिकालाई जबरजस्ती करणी गरी फरार रहेको भन्दै पीडित परिवारले उजुरी दिएपछि प्रहरीले विष्टलाई पक्राउ गरेको हो।

अपराध महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले उनलाई कोटेश्वर चोकबाट पक्राउ गरेको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विष्टले ती बालिकालाई ललितपुर लगनखेल बसपार्कमा भेटेका थिए। उनलाई ललाई फकाई कोटेश्वर ल्याएको पाइएको छ। कोटेश्वर चोकमा बालिकालाई खाजा खुवाई लगाउने कपडा समेत किनिदिएको खुल्न आएको प्रहरीले जनाएको छ।

कोटेश्वर चोक स्थित गेष्ट हाउसमा रुम बुकिङ्ग गरी बालिका लाई उक्त कोठामा राखी करणी गरेको र अर्को दिन बिहान बालिकालाई कोटेश्वरबाट सार्वजानिक बसमा लगनखेल बसपार्क पुर्याई सोही ठाँउबाट उनी फरार भएको प्रहरीले जनाएको छ।

प्रहरी नियन्त्रणमा रहेका उनी हाल बानेश्वर प्रहरी वृत्तमा छन।