logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले सचिवमा पूर्वमुख्यमन्त्री शेरधन राईको उम्मेदवारी घोषणा


अंकुरण खबर
1.807K
Shares

एमाले नेता शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

प्रदेश १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले एमालेको दसौं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

यसअघि नवौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेका थिए। पार्टी एकताको पक्षमा उभिँदै आएको उल्लेख गर्दै उनले ‘सबै हिसाबले सचिव पदमा आफ्नो उम्मेदवारी उपयुक्त हुने जिकिर गरे।

नयाँ नेतृत्व चयनका लागि भोलि शुक्रबारदेखि चितवनमा महाधिवेशन सुरु हुँदैछ। शनिबार सुरु हुने बन्दसत्रले आइतबारसम्म नयाँ नेतृत्व चयन गर्नेछ।