logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफताब आलमको मुद्दाको पेशी कार्की र मल्लको इजलासमा


अंकुरण खबर
858
Shares

बम विस्फोटको अभियोगमा रौतहट जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा सर्वोच्चमा पेसी चढेको छ।

आज शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू बाहेकको ९ वटा इजलास तोक्दा आलामको मुद्दा पहिलो नम्बरमा पेसी तोकेका छन।

वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासमा आलमको मुद्दा पेशी तोकिएको छ। पछिल्लो समय प्रधानन्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीश र कानुन व्यवासायीहरू आन्दोलनमा रहेका बेला आलमको मुद्दा लगातार पेसी तोकिँदै सुनुवाइ नहुँदै आएको छ।

मंसिर १५ गतेदेखि गोलाप्रथाद्वारा पेसी तोक्ने तयारी भइरहेको छ। आलमको मुद्दा कात्तिक २६ गते पनि कार्कीकै इजलासमा पेसी तोकिएको थियो। उक्त समयमा न्यायाधीशहरूले इजलास बहिस्कार गरेका कारण सुनुवाइ हुन पाएको थिएन।

आलमले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्चमा दायर गर्नुभएको थियो। २०७७ असोज १२ गते दर्ता भएको निवेदनमा उनलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ। उनको मुद्दा यसअघि विभिन्न समयमा पेशी चढेपनि सुनुवाइ हुन सकिरहेको  थिएन।