logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेको १० औं महाधिवेशनले देशलाई एकजुट बनाउने काम गरेको छ : अध्यक्ष ओली


अंकुरण खबर
1.69K
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशनले देशलाई एकजुट बनाउने काम गरेको बताएका छन् ।

चितवनमा शुरु भएको एमालेको १० औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले जनताका बीचमा जान त्रसित शक्तिहरुले परमादेशबाट सरकार कब्जा गरेको आरोप लगाए ।

अध्यक्ष ओलीले देशमा छिट्टै निर्वाचन हुन लागेकोले नेकपा एमाले देश र जनताका लागि एकल वहुमत ल्याउने लक्ष्यका साथ चुनावको तयारीमा लाग्ने बताए । देशमा विकासको लहर ल्याउन, दीगो विकास लक्ष्य हासिल गर्दै संसारकै स्रोत साधन सम्पन्न मुलुकका रुपमा चिनाउन एमालेले वहुमत ल्याउनुपर्ने अध्यक्ष ओलीको भनाइ थियो । महाधिवेशनबाट पार्टीका धेरै नीतिहरु संसारलाई बुझाउने उनले बताए ।

एमाले राष्ट्रिय एकता, सहमति र सहकार्य, सामाजिक न्याय र समानताको पक्षमा रहेको उनले जानकारी दिए । उनले सार्वभौमसत्ता र स्वाधिनताका लागि एमाले अडिग भएर लाग्ने बताए । संसारभरि सार्वभौम समानता राष्ट्रको रुपमा नेपाललाई चिनाउनु एमालेको चाहना रहेको ओलीले बताए ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई नक्सामा समेटेको एमालेले मात्रै ती भूमिलाई नेपालमा फिर्ता ल्याउन सक्ने उनको भनाई छ ।