logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवाकै अगाडी परमादेश सरकार भन्दै ओलीले भने-‘आगामी चुनावमा बहुमत ल्याएर एमालेले जित्छ’


अंकुरण खबर
1.118K
Shares

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘परमादेश’ सरकार भन्दै आलोचना गरेका छन।

चितवन स्थित नारायणी नदि किनारमा चलिरहेको १० औं महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा ओलीले आफूहरु जनमतको सरकारको पक्षमा रहेको बताए।

‘मैले परमादेशबाट सरकार नबनाउँ भनेको हो। अब हामी चुनावको तयारी तर्फ जान्दैछौं। जनमततर्फ जाँदैछ,’ उनले भने।

आउँदो चुनावमा एमालेले बहुमत ल्याउँने ओलीको दाबी छ। एमालेका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको उनको भनाई छ ।