logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देशभर आंशिक बदली रही बाग्मती र गण्डकी प्रदेशमा सामान्य वर्षा हुने


अंकुरण खबर
715
Shares

शनिबार प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आँशिकदेखि सामान्य बदली र अन्य पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।

यस्तै, शनिबार राती देशका पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने प्रदेश १, बाग्मती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना रहनुको साथै देशभर चिसो बढ्ने क्रमसमेत रहने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।