logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै माओवादी केन्द्र, प्रचण्डले उद्घाटन गर्ने


अंकुरण खबर
871
Shares

सत्ता घटक नेकपा (माओवादी केन्द्र) लाई पनि आन्तरिक चुनाव लागेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले १०औँ महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले पनि पालिका सम्मेलन थालेको हो ।

माओवादी केन्द्रले तत्कालीन नेकपा विभाजनपछि पहिलो पटक राष्ट्रिय सम्मेलन गर्न लागेको हो । आज शनिबार ७५३ वटा स्थानीय तहमा को अधिवेशन गर्ने भएको छ। त्यसबाहेक सम्पर्क समन्वय समिति र विशेष समितिको पालिकास्तरीय सम्मेलन पनि हुँदैछ ।

पालिका सम्मेलनको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न १ बजे भर्चुअल’ सम्बोधन गर्ने छन् । माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले पालिका सम्मेलनबाट प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन हुने बताए ।

पालिका सम्मेलन २५ मंसिरमा हुनेछ । माओवादीले ११९१३ पुसमा राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ ।