नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार ४ हजार ९०७ जनामा आरटीपीसीआर र एक हजार ७२५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २१३ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३२५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।
यसैगरी, सोही अवधिमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२१ पुगेको छ ।
यसैगरी देशभर हालसम्म सात हजार १५६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।