logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जाजरकोटमा बस दुर्घटना : पाँच जनाको मृत्यु, २७ जना घाइते


अंकुरण खबर
1.365K
Shares

जाजरकोटमा आज बिहान बस दुर्घटना भएको छ।

दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको जाजरकोटका डीएपी मधुकुमार थापाले जानकारी दिए।

उनका अनुसार  दुर्घटनामा थप २७ जना घाइते छन्। घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

नेपालगन्जदेखि जाजरकोटको राडिबजार जाँदै गरेको ना६ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर कुदु बराहचौक नजिक दुर्घटना भएको हो।

घटनाको थप विवरण आउन बाँकी ।