logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


अंकुरण खबर
767
Shares

कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट कञ्चनपुर बेलौरीका ५० वर्षीय बसन्तराज शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको सु.प.प्र. ०१००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको लु१ख ४६६६ नम्बरको ट्रकले कैलालीको घोडाघोडी नगरपालिका–५, डोकेबजारमा शनिबार ठक्कर दिँदा शर्माको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ।

ट्रकले ठक्कर दिँदा घाइते भएका शर्माको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

ट्रक चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।