logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जाजरकोट बस दुर्घटना अपडेट : मृतक पाँच जनाकै सनाखत, घाइते ३ को अवस्था गम्भीर


अंकुरण खबर
1.066K
Shares

जाजरकोटमा भएको बस दुर्घटनाका मृतक सबैको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ बर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ बर्षीया अनिला नेपाली र सप्तरीका ४० बर्षीया गंगाराम यादवको मृत्यु भएको छ।

नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस सदरमुकाम पुग्नुभन्दा करिब १० किलोमिटर यता भेरी नगरपालिका–१३ कुदुनजिकै बाराखोलामा दुर्घटनामा परेको थियो। शनिबार राती नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकसहित २८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई हेलिकप्टर मगाएर नेपालगञ्ज पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।