logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले महाधिवेशनमा पूर्वमाओदीको व्यवस्थापनः बादल उपाध्यक्ष बन्ने पक्का, टोपबहादुरलाई सचिव


अंकुरण खबर
1.95K
Shares

एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट पूर्वमाओवादी नेता रामबहादुर थापा बादल उपाध्यक्ष बन्ने पक्कापक्की भएको छ।

आइतबार बिहान अध्यक्ष ओलीसँगको छलफल पछि बादलले उपाध्यक्ष पाउने पक्का भएको हो।

पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु साहसँगको छलफलबाट दुई पदाधिकारी र ४० केन्द्रीय सदस्य दिन ओली सहमत भएका हुन् । थप दुई जना नेताहरुलाई स्थायी समितिमा समेट्ने पनि ओलीले प्रतिवद्धता गरेको स्रोतको दाबी छ।

दुईजना मात्र पदाधिकारी पाउने भएपछि टोपबहादुर रायमाझीले सचिवमा चित्त बुझाउनुपर्ने भएको छ।

यसअघि उनले उपमहासचिवमा दाबी गर्दै आएका थिए। भागवण्डा मिलाउनकै लागि ओलीले उपमहासचिवको संख्या थप गरेका थिए। तर, आकांक्षीहरु पनि सोही अनुसार बढेका कारण पूर्वमाओवादीलाई उपमहासचिव दिन नसकिने निष्कर्षमा ओली पुगेका हुन् ।

पूर्वमाओवादी समूहबाटै सचिवमा दाबी गर्दै आएका लेखराज भट्टले पदाधिकारीमा स्थान पाउने सम्भावना कम देखिएको छ। पदाधिकारीमा स्थान नपाएकाहरुलाई स्थायी समितिमा व्यवस्थापन गरिने बताइएको छ।