logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हप्ताको पहिलो दिन आज शेयर बजार राताम्मे


अंकुरण खबर
858
Shares

हप्ताको पहिलो दिन आज आइतबार शेयर बजार उच्च अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ८० दशमलव २९ अङ्कले घटेर दुई हजार ६ सय ५१ दशमलव ४९ विन्दुमा झरेको हो ।

आज सबै समूहको शेयर ओरालो लागेकोमा व्यापार, होटल, विकास बैंक, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ ।

नेप्सेका अनुसार आज दुई सय ३४ कम्पनीका एक करोड १९ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको २९ करोड ८१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यस्तै, आज हिमालयन पावर पार्टनर र मानुषी लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । सबै बजार राताम्मे हुँदा पनि आईसीएफसी फाइनान्सको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।