logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो चौबिस घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु


अंकुरण खबर
858
Shares

पछिल्लो चौबिस घण्टामा मुलुकभर १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १५४ र एन्टीजेन परीक्षणबाट ४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै मुलुकमा कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख २० हजार ८७८ र एन्टीजेनतर्फ ९५ हजार ४७२ पुगेको छ।

सोही अवधिमा ३ सय ४२ जना संक्रमणमुक्त भएका छन्  ।  योसँगै निको हुनेको संख्या ८ लाख २ हजार ३८९ पुगेको छ ।

यस्तै, आज २ जना संक्रमितको ज्यान गएको छ । योसँगै  मुलुकभर हालसम्म ११ हजार ५२३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल देशभर ६ हजार ९६६ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ६ हजार ५८९ जना होम आइशोलेसन, ३७७ जना संस्थागत आइशोलेसन र ९८ जना क्वारेन्टिनमा रहेका छन् ।

सक्रिय संक्रमितमध्य १७१ जना आइसियुमा छन् भने ३३ जना भेन्टीलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।