logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर आंसिक बदलीको सम्भावना


अंकुरण खबर
884
Shares

नेपालमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगलादेश तथा अरब सागर रहेको छुट्टाछुट्टै न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको हो।

सोमबार बिहान पहाडी भूभागमा बदलीका साथै र पहाड तथा तराईमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै, आज दिउँसो र राति देशभर आंशिक बदली रहनेछ।