logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतितोला एक सयले घट्यो सुनको मूल्य


अंकुरण खबर
780
Shares

नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला ९२ हजार १०० मा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० कायम भएको छ । जसको मूल्य आइतबार प्रतितोला ९१ हजार ६०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।