पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन्।
देशभर गरिएको ७ हजार २३१ पीसीआर र २ हजार ६५७ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार १२१ जना पुगेको छ। संक्रमितमध्ये ६ हजार ९४४ जना सक्रिय संक्रमित छन्।
मन्त्रालयका अनुसार सोही अवधिमा २६४ जना संक्रमित निको भएका छन्। योसँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ६५३ पुगेको छ।
आज एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ।
हाल ९८ जना क्वारेन्टाइनमा छन्। १५९ जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।