logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर चिसो बढ्दै, तीन प्रदेशमा हिमपातको सम्भावना


अंकुरण खबर
1.235K
Shares

देशभर चिसो बढ्न थालेको छ भने आज तीन वटा प्रदेशमा हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। त्यसले अझ चिसो बढाउने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसममा परेको महाशाखाले जनाएको छ। जसले गर्दा मंगलबार दिउँसो पनि देशभर आंशिक बदली रहनेछ।

यस्तै, आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ।