logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले महाधिवेशन : मतदान कार्य अन्तिम चरणमा


अंकुरण खबर
1.417K
Shares

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि चितवनमा भइरहेको मतदानको कार्य अन्तिम चरणमा पुगेको छ ।

एमालेको निर्वाचन आयोगका अनुसार जम्मा २२९७ महाधिवेशन प्रतिनिधिमध्ये अब एक हजार भन्दा कम प्रतिनिधिले मात्रै भोट खसाल्न बाँकी छ ।

मतदान सकिएको एक घण्टाभित्रै मतगणनाको कार्य सकेर परिणाम घोषणा हुने आयोगले जनाएको छ । एमालेले पहिलोपटक महाधिवेशनमा यसपटक विद्युतीय मेसिनबाट मतदानको व्यवस्था गरेको छ । यसो हुँदा मतगणनाका लागि धेरै समय नलाग्ने भएको हो ।
विद्यतीय मतदान सहज र छरितो भएको मतदान गरिसकेका प्रतिनिधिहरुले बताए । अध्यक्ष केपी शर्म ओलीले पनि विद्युतीय मेसिनमार्फत भोट हाल्दा सजिलो लागेको बताएका छन् ।

मंसिर १२ गतेका लागि तय भएको मतदान कार्यक्रम दुईपछि शुरु भएको हो । मतदान आज विहान ४ बजे शुरु भएको थियो ।

एमालेको अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार छन्।

सात सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टले पनि चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।

नयाँ नेतृत्व चयनसँगै १० मंसिरबाट शुरु भएको महाधिवेशन आजै सम्पन्न हुनेछ ।