logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मतगणनाको अन्तिम परिणाम : एमाले अध्यक्षमा ओली पुनः निर्वाचित


अंकुरण खबर
1.651K
Shares

नेकपा एमालेको १० औं महाधिवेशनबाट भारी मतका साथ अध्यक्षमा केपी ओली निर्वाचित भएका छन ।

चितवनमा सम्पन्न दसौं महाधिवेशनमा भीम रावललाई पराजित गर्दै ओली अध्यक्षमा पुनः निर्वाचित भएका हुन् ।

मतगणनाको अन्तिम परिणाम अनुसार ओली १८०८ मतका साथ अध्यक्षमा बिजयी भएको एमाले केन्द्रीय निर्वाचन समितिका सचिव चिरञ्जीवी खतिवडाले जानकारी दिए । उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरे ।

अध्यक्षको मतपरिणाम सम्पन्न भएसँगै अब उपाध्यक्षका लागि मतगणना सुरु भएको छ ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।