logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारद्वारा सात सचिवको सरूवा र बढुवा, यी हुन् मन्त्रिपरिषदले गरेको दुई महत्वपूर्ण निर्णय


अंकुरण खबर
1.027K
Shares

सरकारले कोरोनाको नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल प्रवेश गर्ने व्यक्तिको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीज्ञानेन्द्रबहादुर कार्कीले विदेशबाट नेपाल भित्रिएका सम्भावित संक्रमितको व्यवस्थापन गर्ने जानकारी दिएका हुन् ।

प्रवक्ता कार्कीले कोरोनाको नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल प्रवेश गर्नेको व्यवस्थापन गर्न आदेश दिने निर्णय भएको जानकारी दिए ।

‘कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका मुलुकबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गर्ने निर्णय भएको छ’, सरकारका प्रवक्ता कार्कीले भने ।

त्यसैगरी, सरकारले केही सचिवको सरुवा गरेको छ । प्रवक्ता कार्कीका अनुसार केही सचिवको सरुवा र केही सचिव नियमित लोक सेवाबाट बढुवा भएर आएका हुन् ।

प्रवक्ता कार्कीका अनुसार महेश्वर न्यौपाने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, डा रमेश सिंह सहरी विकास मन्त्रालयबाट अतिरिक्त समूह, यादवप्रसाद कोइराला, संस्कृति पर्यटन मन्त्रालयबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका छन् ।

त्यसैगरी, सचिव रामप्रसाद थपलिया शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सूर्यप्रसाद गौतम श्रम तथा रोजगार मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सुरेश अधिकारी निर्वाचन आयोगबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मणिराम गेलाल जल तथा ऊर्जा आयोगबाट सहरी विकास मन्त्रालय, एक नारायण अर्याल संघीय मामिला मन्त्रालयबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा हुनु भएको छ ।