logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागलुङमा जीप दुर्घटना : एकको मृत्यु, तीन जना घाइते


अंकुरण खबर
611
Shares

बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बागलुङको बिहुँबाट सदरमुकाम आउँदै गरेको जिप पल्टिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

काठेखोला गाउँपालिका–१ खहरेको सडकछेउमा बा १८ च ५६७७ नम्बर जिप पल्टिँदा बागलुङ नगरपालिका–६ सिम बस्ने ४५ वर्षीय श्याम शर्माको मृत्यु भएको हो। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।

घाइतेलाई धौलागिरी अस्पतालमा उपचारका लागि ल्याउन स्थानीय र प्रहरीले तयारी थालेको छ। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले  जनाएको छ।