नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेर ९१ हजार पाँच सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला ९१ हजार ९०० मा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ ।