नेकपा एमालेका नेता भीम रावलले पार्टीलाई विधि पद्धतिमा हिँडाउन आफूले अध्यक्षमा उम्मेद्वारी दिएको बताएका छन।
मंगलबार सम्पन्न मतगणनामा प्रतिस्पर्धी उम्मेद्वार केपी ओलीसँग रावल भारी मतले पराजित भएका थिए। केन्द्रीय सदस्यमा निर्वाचित भएपनि उनले सपथ भने लिएनन्।
सामाजिक सञ्जाल मार्फत नेता रावलले आफूले एमालेलाई लोकतान्त्रिक बाटोमा हिँडाउनको लागि मात्र उम्मेद्वारी दिएको बताएका छन।
उनले लेखेका छन्- “एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ।मलाई साथ,समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई हार्दिक धन्यवाद दिदै कृतज्ञता प्रकट गर्दछु।”