logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सामान्य अङ्कले बढ्यो शेयर बजार


अंकुरण खबर
728
Shares

लगातार तीन दिनसम्म घटेको शेयर बजार आज बुधबार सामान्य बढेको छ ।

नेप्से आज पाँच दशमलव २८ अङ्कले बढेर दुई हजार ६ सय ३३ दशमलव ६५ विन्दुमा पुगेको हो।

आज होटल, बीमा र माइक्रोफाइनान्सबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै उत्पादन समूहको शेयर ५४ अङ्कभन्दा धेरैले बढेको छ ।

नेप्से सामान्य बढे पनि कारोबार सङ्ख्या र रकम भने निकै घटेको छ । आज दुई सय २३ कम्पनीका ५३ लाख १० हजार कित्ता शेयर दुई अर्ब ७४ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको साढे १४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

यस्तै, आज साम्लिङ पावर कम्पनी र न्यादी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ भने आईसीएफसी फाइनान्सको शेयर साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।