logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देशभर मौसम बदली, धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना


अंकुरण खबर
1.196K
Shares

बिहीबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बदली रहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

यस्तै, शुक्रबार कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ।

उच्च पहाडी र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातको सम्भावना  छ।