नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
भने तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको भाउ भने बुधबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११९० रुपैयाँमा कारोबार भइरहेको छ।