logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानन्यायाधीश जबराले अस्वीकार गरे गठबन्धनको सुझाव


अंकुरण खबर
767
Shares

सत्तारूढ पाँच दल सम्मिलित गठबन्धनको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएपनि कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबराले सुझाव अस्वीकार गरेका छन्।

जबराले आफू विदामा नबस्ने र कार्यवहाक प्रधानन्यायाधीश पनि नतोक्ने आफ्नो स्पष्ट सन्देश सर्वोच्च अदालतमा पठाएका हुन्।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएको थियो।

तर, जबराले आफ्नो स्वास्थ्य राम्रो रहेको भन्दै अहिले विदामा नबस्ने सन्देश पठाएका हुन्। कार्यवाहक पनि नतोक्ने उनको अडान रहेको छ।

नेपाल बारले कुनै पनि हालतमा जबरालाई प्रधानन्यायाधीश स्वीकार नगर्ने बताइहेका बेला सत्तारुढ गठबन्धन बारले भनोजस्तो जबरालाई महाअभियोग लगाउन बाटोमा जान चाहेको छैन।

महाअभियोग पनि नलगाउने र जबराले राजीनामा पनि नदिने अवस्था आएपछि लामो समय न्यायालय संकटमा फस्ने भन्दै गठबन्धन दलका शीर्ष नेता सहज अवतरणको मार्ग खोजिरहेका हुन्।