logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अरुण तेस्रो आयोजनाको पावर हाउसमा कार्यरत एक मजदुरको ढुंगा लागेर मृत्यु


अंकुरण खबर
819
Shares

संखुवासभामा निर्मार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा चिचिला गाउँपालिका ३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत भारतको मध्य प्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंह रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

बुधबार राति ८ बजे चिचिला ३ सोलाखानीमा रहेको अडिट ३ को सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर सिंह घाइते भएका थिए। उनको बुधबार राति उपचारको क्रममा जिल्ला अस्पताल संखुवासभामा मृत्यु भएको हो ।

सिंहको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभामा राखिएको छ।

हालसम्म अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक दर्जन भारतीय र नेपाली मजदुरले ज्यान गुमाइसकेका छन्।