logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेयर बजारमा आज झन्डै ५० अङ्कको गिरावट


अंकुरण खबर
871
Shares

हप्ताको अन्तिम दिन आज बिहीबार शेयर बजार परिसूचक नेप्से झन्डै ५० अङ्कले घटेको छ ।

नेप्से आज ४९ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार पाँच सय ८४ दशमलव ६१ विन्दुमा झरेको हो।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, फाइनान्स, माइक्रोफाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार, आज दुई सय ३१ कम्पनीका ७९ लाख ३२ हजार कित्ता शेयर तीन अर्ब ४१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको १२ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यस्तै, आज कर्पोरेट विकास बैंक र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ भने साम्लिङ पावर र न्यादी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।