logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा देशभर थपिए ३१५ कोरोना संक्रमित, ६ जनाको मृत्यु


अंकुरण खबर
689
Shares

पछिल्लो २४ घन्टामा देशभरिमा ३१५ जना कोरोना संक्रमित थपिएका छन्।

९,५११ जनामा गरिएको पिसिआर परीक्षणबाट २९८ र १,८९२ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा २०१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ८,०३,३६९ पुगेको छ।

आज कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,५३५ पुगेको छ। अहिले देशभरिमा ७,०४५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।