राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनले आफ्नो प्यानलका उपाध्यक्ष र महामन्त्रीको उम्मेदवार चयन गरेका छन् ।
उनले उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ तथा महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापालाई अघि सारेका छन् ।
बुधबार सुरु भएको राप्रपाको महाधिवेशनमा अहिले बन्दसत्र जारी छ । आगामी दिनमा राप्रपालाई हाँक्न अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनका बीचमा प्रतिस्पर्घा हुनेछ ।
राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्री निर्वाचनबाट चयन हुनेछन् । महाधिवेशनले १४१ केन्द्रीय सदस्य पनि चयन गर्नेछ ।