सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको खतरा रहेको भन्दै ९ देशबाट नेपाल आउन रोक लगाएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ९ देशबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको हो । नेपालमा उक्त नयाँ भेरियन्टको कोरोना रोक्न हदैसम्मको कडाई गर्ने भन्दै ९ देशबाट आउँन रोक लगाएको हो । शुक्रबार रातिदेखि नै यो निर्णय लागू हुनेछ । यस्तै, अहिले आइरहेका यात्रु नेपाल आइसकेपछि अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने बैठकको निर्णय छ ।
यी देशबाट आउन रोक
दक्षिण अफ्रिका ।
बोत्स्वाना ।
जिम्बाब्बे ।
नामिबिया ।
लेसोथो ।
इसबाटिनी ।
मोजाम्बिक ।
मलावी र हकङक ।
यी देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाइएको हो ।