logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसको सबै प्रदेशमा उम्मेद्वारको मनोनयन आज, भोलि मतदान


अंकुरण खबर
1.326K
Shares

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज शुक्रबार सात वटै प्रदेशमा उम्मेद्वारको मनोनयन दर्ता हुँदैछ ।

सत्तारुढ दल कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो बिहीबार मतदाता नामावली प्रकाशन गरेको थियो भने, आज उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका छ । त्यस्तै भोलि शनिबार मतदान हुनेछ ।

बिहिबार पार्टी सभापति शेरबहादुर देउवाले प्रदेश नम्बर १ बाहेक सबै प्रदेशमा भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गरेका थिए । आन्तरिक किचलोको कारण प्रदेश १ मा भने आज नै उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

१६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँनेछन् ।