काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनमा २ सय ३५ जना महाधिवेशन प्रतिनिधि अध्यक्षत्रयले मनोनित गरेका छन् ।
राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार २३५ जना मनोनित गरिएको हो ।
यसअघि बिहीबार समितिले ४४७१ जना प्रतिनिधिको सूची प्रकाशित गरेको थियो भने अब त्यसमा २३५ जना थप हुनेछन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ भने नेतृत्वको दौडमा कमल थापा र राजेन्द्र लिङ्देन प्यानल बनाएर चुनावी मैदानमा उत्रीएका छन् ।
राप्रपाको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा सो सूची टाँसीसकेको छ ।